समचारको प्रभाव :- रानाको उपचारमा थप आर्थिक सहयोग

0
477

रामकृष्ण कंडेल
चैत ३१,०७७ गुल्मी: गुल्मीदरबार गाउपालिका वडा नम्बर ५ अमर अर्बाथोक रानाटोला निवासि हुम बहादुर रानाको छोरा लेख बहादुर रानाको आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको समाचार जनप्रतिनिधि एवम् समाजसेवी बाबुराम पन्तको र मेरो पहलमा बिभिन्न सन्चारमाध्यममा प्रसारण भएपछी थप आर्थिक सहयोग प्राप्त भएको छ ।गुल्मीदरबार गाउपालिका चारपालावासि हाल रुपन्देहि वासिहरुको सम्युत्त सस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजू बाट रु १० हजार , मान बहादुर सोमै बाट रु ५ हजार र सम्भु दजुबाट रु ४ हजार परिवारलाइ हस्तान्त्रण भएको छ ।

हाल सम्म नगद रु १ लाख ३० हजार ७ सय प्राप्त भएको परिवारले बताएको छ । रानाको कलेजोमा समस्या आइ लुम्बिनि नर्सिङ होम बुटवलमा आइसियुमा उपचार भएको थियो । रानाकी बुहारि पद्मा राना तथा राना परिवारले सहयोगिहरुबाट उपचारमा नगद सहयोग भएकोमा खुशि ब्यक्त गर्दै सम्पुर्णलाइ धन्यवाद समेत दिनुभएको छ ।अहिले बिरामि लेख बहादुर राना स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ उहा अस्पतालबाट डिस्चार्ज भै घर फर्केको परिवारले बताएको छ ।

SHARE