पुर्ण खोप दिवसको अवसरमा गुल्मीदरबारमा १४ जना स्वास्थ्यकर्मी सम्मानित

0
642
फाइल फोटो

रामकृष्ण कंडेल
चैत ३०,०७७ गुल्मी :गुल्मीदरबार गाउँपालिकामा पुर्ण खोप दिवसको अवसरमा १४ जना स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ ।
गाउँपालिकामा रहेका ७ वटै वडामा रहेका प्रत्येक स्वास्थ्य संस्थाहरु बाट प्रत्येक महिना संचालन हुने बिभिन्न खोप केन्द्रहरुमा खटिएर गाउँपालिकालार्इ पूर्ण खोपको सुनिश्चित गाउँपालिका बनाउँदै पूर्णखोप दिगोपनाको लागि योगदान गर्ने स्वास्थ्यकर्मीलाई प्रशंसा पत्रबाट सम्मानित गरिएको हो ।
२०७२ सालको चैत ३० गते गुल्मी जिल्लालाइ पुर्ण खोप जिल्ला घोषणा गरेसंगै प्रत्येक बर्षको चैत ३० गते गुल्मी जिल्लाभर पुर्णखोप सुनिस्चितता गरि पुर्णखोप दिवस मनाइदै आइएको छ । गाउँपालिकामा रहेका प्रत्येक स्वास्थ्य संस्थाहरु बाट दुइ दुइ जना गरि १४ जना स्वास्थ्यकर्मीलाई सम्मानित गरिएको हो । साथै कार्यक्रममा उपस्थित २ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाइ पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गुल्मीदरबार गाउँपालिकाको सेवा प्रवाहलाइ पारदर्शी,उत्तरदायी र जवाफदेही बनाउँदै सुखि र समृद्ध गाउँपालिका बनाउने लक्ष्य अनुरुप स्वास्थ्य क्षेत्रमा भए गरेका नविनतम कामहरु अत्यन्तै प्रशसंनीय भएको भन्दै यसको लागि सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाइ धन्यवाद ब्यक्त गरे ।
गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाहरुले गाउँपालिका भित्रका सम्पुर्ण घरधुरी सर्वेक्षण गरि कुनै पनी बालबालिकाहरु खोपबाट बन्चित नभएको विवरण वडाकार्यलयहरुबाट प्रमाणित गरि पेश गरिएको थियो । कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालल पुर्ण खोप दिवसकोे महत्व,उद्देश्य, चुनौती, भावि योजनाहरु लगायत प्रस्तुत गरेका थिए ।
वडाध्यक्षहरुबाट बल बहादुर थापा, कार्यपालिका सदस्यहरु बाट तुल्सा अर्याल, सम्पुर्ण स्वास्थ्य संस्थाहरुको तर्फबाट मदनकुमार श्रेष्ठ, सहभागीहरुको तर्फबाट भुपेन्द्र कंडेलले मन्तव्य राखेको कार्यक्रममा स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स एलिना खड्काले स्वागत गरेकी थिइन ।
कार्यक्रमकै विच गुल्मीदरबार गाउँपालिका गौडाकोट स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव प्रकाश अधिकारी र अहेव मधुकृष्ण पोख्रेल जिल्ला कै रेसुङ्गा नगरपालिकामा सरुवा भएकोले रमना पत्रको साथमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानलाइ उच्च मुल्यांकन गर्दै सम्मान पत्र,टीकामाला र मायाको चिनो प्रदान गरिएको थियो ।

SHARE