आगलागीका कारण समस्यामा परेका गाईहरुलाई घाँस खुवाउन सुरु

0
282

केशब गौतम
चैत ३०,२०७७ गुल्मी :पछिल्लो समयमा देशभर आगलागीका घटनाहरु बढिरहेका छन् । देशका अधिकाशं जिल्लाहरुमा आगलागी लागे सँगै गुल्मीका विभिन्न ठाउँमा पनि आगलागी भइरहेको छ ।
गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा बनमा पनी आगलागी भइरहेको छ । रेसुङ्गा बन क्षेत्रमा चैत २५ गतेदेखि लागेको आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन। रेसुङगा क्षेत्रमा लागेको डढेलोका कारण जंगलको अधिकांश भाग सखाप भएको छ । पशु चौपायाको पनि समस्या देखा परेको छ।

त्यस ठाउँको गौशालामा रहेका गाईहरुले समेत घाँस खान नपाएको अबस्था रेहेको छ।यसै बिच पशु चौपायाको बिचल्लिको अबस्था हेरेर र भोकमा रहेका गाईहरुलाई रेसुङ्गा नगरपालिका १४ मा रहेको कालिका युवा क्लब , जागृत सामुदायिक वन , गौशाला संरक्षण उपसमिति रातामाटा र साबिकको वडा नम्बर ६,७,८,९ र स्थानीय को पहलमा घाँस संकलन कार्यक्रम गरि खुवाउन लागिएको कालिका युवा क्लबका अध्यक्ष दुर्गा प्रसाद गौतमले बताए।

कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिका वडा नम्बर १४ का कालिका क्लबका अध्यक्ष दुर्गा प्रसाद गौतम र जागृत सामुदायिक बनका अध्यक्ष तिलकराम गौतमले पशु चौपायमा समस्या देखा परेको भन्दै दुखेसो पोखे । रेसुङगा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसालको धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन सोही संस्थाका पुर्व सचिव कुन्जन मणि गौतमले गरेका थिए ।

SHARE