पाल्पामा जुवा खालबाट पाँच लाखसहित १३ जना पक्राउ

0
362

कात्तिक १०, २०७६ पाल्पा . रिब्दीकोट गाउँपालिका–७ डबकामा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट पाँच लाख ४९ हजार ८८७ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिए। पक्राउ पर्नेमा तानसेन नगरपालिका–२ का ४४ वर्षीय अमन श्रेष्ठ, रैनादेवी छहरा गाउँपालिका–४ का ३२ वर्षीय देवकुमार पराजुली, रिब्दीको गाउँपालिका–७ का ४७ वर्षीय यमबहादुर कुँवर, ६० वर्षीय गोपाल कुँवर, २६ वर्षीय कमल कुवँर, ५४ वर्षीय ताराबहादुर कुवँर, ३२ वर्षीय विष्णुबहादुर कुवँर, २२ वर्षीय सचिन कुवँर, २० वर्षीय समुद्र कुवँर, ५७ वर्षीय नारायण कुवँर, २२ वर्षीय गौरब कुवँर, ४५ वर्षीय शिव चौहान, ४० वर्षीय सुन्दर कुवँर रहेका छन्। प्रहरी निरीक्षक पौडेलका अनुसार उनीहरु आइतबार बिहान ४ बजे पक्राउ परेका हुन्। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको छ। उनीहरु विरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

SHARE