बर्दियामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

0
333

चैत २९,२०७७ बर्दिया: बर्दियामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो करिब एकबजे बगुवा सामुदायिक जंगलको छेउ बारीमा बाख्रा चराउन गएकी गेरुवा गाउँपालिका(१ भटेरा बस्ने अन्दाजी ६० वर्षीया भुन्टी बोहराको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट खटिई गएको प्रहरी टोलीले शवलाई घटनास्थलबाट सुरक्षित स्थानमा बारीमा ल्याई राखिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

SHARE