गुल्मीमा आगलागीमा परि ज्यान गुमाएका परिवारलाई दुई लाख राहत प्रदान

0
321

तिलाचन पाण्डे
चैत २८,२०७७ गुल्मी : यहि चैत २० गते सामुदायिक बनमा लागेको आगोमा परी ज्यान गुमाएकी धुर्कोट गाउँपालिका वडा नम्वर सातकी संगिता परियारको परिवारलाई राहत प्रदान गरिएको छ ।
जिल्ला बिपद ब्यबस्थापन कोशबाट जिल्ला प्रशासन कार्यालय गुल्मीले तत्कालका लागि दुई लाख रुपैयाँ परिवारलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जानकारी दिइन् । यस्तै धुर्कोट गाउँपालिकाले चालिस हजार रुपैयाँ प्रदान गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए ।
घरबाट नुहाउन भनी हिँडेकी धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लाकी ९ बर्षकी बालिका संगिता कुँवरको स्थानीय धाराखोली बले सल्लाघारी सामुदायिक बनमा लागेको आगलागीमा परि ज्यान गएको थियो ।
यता डिभिजन बन कार्यालय गुल्मीले यो समय सुख्खा समय भएकाले आगलागीका घटनाहरु बृद्धि हुन सक्ने भन्दै चनाखो रहन आग्रह गरेको छ । आँफूहरुले आगलागीबाट बच्न र बचाउनका लागि भन्दै सन्देश मुलक सूचनाहरु स्थानीय संचार माध्यमहरुबाट प्रशारण गर्दै आएको कार्यालयका प्रमुख प्रभात सापकोटाले जानकारी दिए यदि कही कतै आगलागी भए तत्काल नजिकैको प्रहरी चौकी ,डिभिजन बन कार्यालयलयाई खबर गरिदिन र सचेत हुन कार्यालयले आग्रह गर्दै आएको छ ।
गुल्मीमा फागुन यता मात्रै दुइ हजार हेक्टर भन्दा बढी क्षेत्रफलको जंगल डढेलोका कारण नष्ट भएको कार्यालयले जनाएको छ ।

SHARE