सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्न थालेपछि निभाउने क्रममा चार जना घाइते

0
246
फाइल तस्विर

चैत २७,२०७७ गुल्मी :गुल्मीमा रिपमुलढुगां सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्न थालेपछि निभाउने क्रममा चार जना घाइते भएका छन् ।

धुर्कोट गाउँपालिका वडा नम्वर ६ रजस्थल दाद्रामा लागेको आगो बस्तीमा पस्न थालेपछि निभाउने क्रममा ३५ बर्षकी पुतला पाण्डे र २५ बर्षकी सीता सुनारको टाउको र हातमा बढी जलेकाले उनीहरुलाई उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । यस्तै २१ बर्षकी बिष्णुमाया अर्याल र ३७ बर्षकी सरिता बन्जाडेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगो निभाउनका लागि स्थानीय र सुरक्षकर्मीहरु लागेका छन् । आगो अहिले बस्तीमा पस्ने संभाबना नभएको प्रहरीले जनाएको छ ।
यता रेसुंगाको बनमा पनि आगलागी भएको छ । आगोलाई निभाउनका लागि सुरक्षाकर्मीहरु सहितको टोली लागेको प्रहरीले जनाएको छ ।

SHARE