गुल्मीदरबारको सार्वजनिक सुनुवाइमा स्थानीयका गुनासै गुनासा

0
412

भुवन भुसाल
चैत २७,२०७७ गुल्मी :गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहल गौडाकोटमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे , सबै वडाका वडा अध्यक्षहरु जवाफदेही बक्ताको रुपमा थिए ।

खानेपानी वितरणमा बिभेद

वडा न ६ का बद्री अर्यालले खानेपानी बितरणमा विभेद भएको गुनासो पोखे, सो को जवाफ दिदै वडा अध्यक्ष हिरा बहादुर खत्रीले समयमा बजेट नआउदा सबैलाइ एकै पटक बितरण गर्न नसकिएको भन्दै छिट्टै समस्या समाधान हुने बताए ।

बाटो खन्दा मकै पुरियो
वार्ड न २ का चेत बहादुर थापाले बाटो खन्दा मकै पुरिएको भन्दै गुनासो गरे । वार्ड न ३ कै भक्त पौडेलले सार्वजनिक खर्च अन्तर्गत जिन्सी सामाग्रीमा स्टिकर नराखिएको गुनासो गर्दै साथै वहाले कृषि सामाग्री खरिद गर्दा ब्यक्तिले खरिद गर्दा भन्दा गाउँपालिकाले गर्दा
महङ्गो भएको बताए।

स्वागत द्धार कसले बनाइदिने ?
भुपु आर्मी समेत रहेका लक्ष्मण अर्यालले घुम्तिमा भुतपुर्व सैनिकले निर्माण गरेको स्वागत द्वार गएको बर्खायाममा भत्किएकोले गाउँपालिकाले के सम्बोधन गर्छ भनेर प्रश्न गरे ।

स्वास्थ्य बिमा प्रभावकारी भएन

स्थानीय शेर बहादुर कार्किले स्वास्थ बिमा प्रभाबकारी नदेखिएको भन्दै जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य बिमाको कागज लिएर जादा प्रभाबकारी उपचार नपाएको गुनासो गर्दै आफुले रोजेकै अस्पतालमा जान पाउनुपर्ने माग गरे । जवाफमा स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले यसका लागि स्वास्थ बिमा बोर्ड सम्म यो कुरा र माग पुर्याउने प्रतिबद्धता जनाए ।

अटोको मनोमानी भाडा

कार्यक्रममा बोल्ने बक्ताहरुले बाटोको धुलो , कृषिका समस्या, आगोलागी समस्या , अटोको भाडा तय नगरिएको लगायतका गुनासो गरेका छन।

कार्यक्रममा उठेका गुनासोको उपाध्यक्ष मिना भण्डारी र प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जवाफका साथै गुनासो सम्बोधन गरे ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरेले गरेका थिए भने कार्यक्रमको संचालन नि वर्तमान अध्यक्ष नवराज भुसालले गरेका थिए ।

SHARE