गोठमा आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु

0
899
file photo

चैत २५, २०७७

प्युठान : गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको छ।

बुधबार बिहान करिब ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए।

घरमा अभिभावक नभएको बेला आगलागी भएको गिरीले बताए। अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

SHARE