आर्थिक अभाव हुदा रानाको उपचारमा कठिनाइ

0
636

रामकृष्ण कडेल, चैत २४ ,गुल्मी ।गुल्मीदरबार गाउपालिका वडा नम्बर ५ अमर अर्बाथोक रानाटोला निवासि हुम बहादुर रानाको छोरा लेख बहादुर रानाको आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको छ । आर्थिक अवस्था निकै कमजोर भएका ५१ बर्षिय रानाको कलेजो मा समस्या आएकोले बिगत ५ दिनदेखि लुम्बिनि नर्सिङ होम बुटवलको आइसियुमा उपचार भैरहेको परिवारले बताएको छ । घरमा आम्दानीको अन्य श्रोत केहि छैन रोजगारी भनेकै श्रीमान हुन पहिले कर्मिकाममा हिड्नुहुन्थ्यो अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत १०० दिने रोजगारमा कमाएको पैसाले बिहान साझ हातमुख जोर्नु बाहेक आम्दानीको कुनै बिकल्प नरहेको रानाकी श्रीमति दिलमाया रानाले बताइन । दुइ छोराहरु छ्न जेठो छोरा आफै बिहान साझ काम गरेर अध्ययन गर्दै छ कान्छो छोरा लाइ जनतन गरि गाउमै अध्ययन गराएका छौ काम गर्ने मान्छे नै ढलेपछि बिहान साझ छाक टार्ने कसरी भन्ने समस्या एकातिर छ भने अहिले उपचारको रकम कसरि जुटाउने भन्ने पिडा अर्को तर्फ थपिएको छ भन्दै उपचारको लागि आर्थिक सहयोग को लागि बिरामि रानाकी श्रीमति दिलमाया रानाले सम्पुर्ण देश बिदेशमा रहेका आफन्त, गाउले छरछिमेक लाइ अपिल गरिदिन हामिसित आग्रह गर्नुभएको छ । जनप्रतिनिधि समेत रहेका स्थानीय समाजसेवी बाबुराम पन्तले पिडित लेख बाहादुर रानाको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले उपचारको लागि सम्पुर्णलाइ सहयोग गर्नुहुन आग्रह गर्नुभएको छ । सहयोगका लागि पिडित रानाकी श्रीमती दिलमाया रानाको मोबाइल ९८४७३९३१६४ वा जनप्रतिनिधि बाबुराम पन्तको मोबाइल नम्बर ९८४७२५४९५४ मा सम्पर्क गर्न सकिने छ । अथवा ।सहजिकरणको लागि रामकृष्ण कडेल को मोबाइल नम्बर ९८५७०६१९६५ मा पनी सम्पर्क गर्न सक्नुहुनेछ ।

SHARE