चैत २३
गुल्मी : नेपाल पत्रकार महासघ गुल्मी शाखाको आगामि २५ गते हुने निर्वाचनका लागि लोकत्रान्तिक तथा प्रगतिशील सयुक्त प्यानलले निर्वाचन परिचालन तथा प्रचारप्रसार कमिटी गठन गरेको । प्रेस चौतारी, प्रेस युनियन र प्रेस सगंठन नेपालको सयुक्त लोकतान्त्रिक साझा प्यानलका तर्फबाट टोपलाल अर्यालको नेतृत्वमा रहेका सवै उम्मेदवारहरुलाई विजयी गराउनका लागि पत्रकार महासघ गुल्मीका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार जनार्दन घिमिरेको सयोजकत्वमा तीन सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार कमिटी गठन भएको हो । समतिको सदस्यहरुमा शिव सुवेदी र घनश्याम खरेल रहेको समितिले जनाएको छ ।
सयुक्त लोकतान्त्रिक तथा प्रगतिशील साझा प्यानलको तर्फवाट अध्यक्षमा टोपलाल अर्याल उपाध्यक्षमा रेशम कुवँर महिला उपाध्यक्ष सीता भण्डारी सचिव प्रेम सुनार
सह(सचिव तिलाचन पाण्डे समावेशी सचिव(तेजेन्द्र श्रेष्ठ
कोपाध्यक्ष( कौरव खत्री रहनु भएको छ । यस्तै सदस्यहरुमा हुमाकान्त पोखरेल,रमेश विश्वकर्मा,सरस्वती जिसि,यादव ज्ञवाली,हेमलाल भण्डारी, प्रेमनारायण पाण्डे ,महेश वोहरा मनोज कार्की ,दधिराम खनाल र डिवि खड्का रहेका छन । सोमवार सयुक्त प्यानलको वैठक वसेर आफ्ना उम्मेदवारहरुलाई अत्यधिक मतका साथ विजयी गराउने प्रतिवद्वता समेत पत्रकारका नेताहरुले गरेका छन । पत्रकार महासघका सस्थापक अध्यक्ष समेत रहेका हरिकुमार श्रेष्ठले सयुक्त प्यानलका उम्मेदवारहरुको विजयी घोषणा गर्न मात्रै रहेको वताए । हामी दुई तिहाइभन्दा वढी मतले विजयी हुन्छौं श्रेष्ठले भने प्रतिगमनकारीको कुनै चलखेलले हामी प्रभावित हुदैनौ । यता प्रेस चौतारीका नेता शिव सुवेदीले कसैले हाम्रो लोकतान्त्रिक गठवन्धनका उम्मेदवार तथा मतदाताहरुलाई भ्रममा पार्न विभिन्न षड्यन्त्र गरेपनि असफल हुने दावी गरे ।