संगित मगरको अभियानमा मृगौला पिडितलाई नगद सहयोग

0
503

२२ चैत्र
माधव ज्ञवाली । गुल्मीमा एक युवाको अभियानमा मृगौला पिडितलाई सहयोग गरिएको छ।जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न।२ का संगित मगरको अभियानमा सोही वडा कै २३ बर्षिय मृगौला पिडित असिम मल्ललाई सहयोग गरिएको हो। समाजसेवी संगित मगरले विगत केही समयदेखि “असिम मल्ल बचाउ अभियान ” सुरु गरेका हुन । अभियानबाट सङ्कलन भएको नगद रु। ६० हजार ६ सय बीस रुपैयाँ मृगौला पिडित असिम मल्लाका बुवा विक्रम मल्लकै घरमा पुगेर हस्तान्तरण गरिएको अभियान्ता मगरले बताए ।
आफ्नो अभियान अझै नसकिएको र यसलाई आफुले निरंतरता दिने मगरले बताउए ,आफुले सुरु गरेको अभियानमा हातमा हात मिलाउन चाहानेले आफुलाई सम्पर्क गर्नुहुन पनि उनले अनुरोध गरेका छन्।

त्यस्तै मृगौला पिडित मल्ललाई अचमेश्वर युवा क्लब र टोल सुधार आमासमुहले संयुक्त रुपमा नगद रु ७२ हजार ५ सय रुपैयाँ चेक मार्फत सहयोग हस्तान्तरण गरेका छन् ।
रकम हस्तान्तरण स्थानीय बुद्धिजीवी ,जनप्रतिनिधि ,क्लबका प्रतिनिधि लगायतको रोहवरमा गरिएको थियो।

SHARE