ओलीले झ्यालढोका थुनेर गरेको निर्णय मान्य हुँदैन : सुरेन्द्र पाण्डे

0
18

चैत २१,२०७७ उदयपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव–झलनाथ पक्षका नेता सुरेन्द्र पाण्डेले केपी ओलीले गरेको कारबाहीको कुनै औचित्य नरहेको बताएका छन्। शनिबार (एमालें) माधव–झलनाथ समूहको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न उदयपुर आइपुगेको नेता पाण्डेले यस्तो बताएका हुन्।

अदालतको फैसलाले २०७५ जेठ अगाडिकै अवस्थामा पुर्‍याएकाले त्यहीँबाट बढ्नुपर्ने समेत उनले बताए। ‘वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव धनश्याम भुसाल र मलाई अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधे, त्यसको जवाफसहित प्रतिप्रश्न गरेका छौं, त्यो प्रश्नको जवाफ नदिई कारबाही गरेकोप्रति हाम्रो आपत्ति छ,उनले भने।

SHARE