बाँकेमा भीषण आगलागी, १ सयभन्दा बढी घर जलेर नष्ट

0
1199
सांकेतिक तस्बिर

चैत २१,२०७७ बाँके :आगलागीबाट एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन्।

बाँकेको नरैनापुर गाउँपालिका ४ खोदना बस्तीमा भ‍ीषण आगलागी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

शनिबार दिउँसो करिब ३ बजेतिर बस्तीमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। फुसले छाएका घर टहरा सबै जलेर नष्ट भएको बताइएको छ।

आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ५ वटा दमकलको अथक प्रयासबाट नियन्त्रण प्रजिअ कुरुम्बाङले जानकारी दिए। साथै घटनामा ३ जना घाइते भएका उनले जानकारी दिएका छन्।

अहिले पीडितहरुलाई राहत र पुनर्स्थापनाका लागि घटनास्थलमा लागि रहेका समेत उनको भनाइ छ। उनका अनुसार, आगलागीको यकिन कारण खुल्न सकेको छैन। नरैनापुर ६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए। त्यसअघि फागुन २४ गते पनि नरैनापुर–१ को सुइया गाउँमा आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए।

SHARE