गुल्मीमा ८० जना स्वयंसेबिकालाई २० हजार नगद सहित बिदाई

0
432

तिलाचन पाण्डे
चैत २१,२०७७ गुल्मी :गुल्मीमा ६० बर्ष उमेर कटेका स्वंयम सेबिकाहरुलाई २० हजार नगद र सम्मान सहित बिदाई गर्न लागिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
लामो समय सम्म स्थानीय स्तरमा रहेर काम गरेका र ६० बर्ष उमेर कटेका ८० जना स्वंयम सेबिकाहरुलाई बिदाई गर्न लागिएको डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
स्थानीय तहको सिफारिसको आधारमा उनीहरुको खातामा रकम पठाउन लागिएको कार्यालयले जनाएको छ ।

यस्तै गुल्मीमा स्वास्थ्य स्वंयम सेबिका छनोट भई तालिम नपाएकाहरुलाई १८ दिनको तालिम प्रदान गरिएको छ ।
समुदाय परिचालनको भुमिका निर्वाह गर्ने तर तालिम नपाएका स्वास्थ्य स्वंयम सेबिकाहरुलाई तालिम प्रदान गरिएको शर्माले जानकारी दिए ।
दूई चरणमा गरी मुसिकोट नगरपालिका र मालिका गाउँपालिकाका ४६ जना स्वंयम सेबिकाहरुलाई तालिम प्रदान गरिएको छ भने धुर्कोट गाउँपालिकामा सुरुवातको चरणमा रहेको शर्माको भनाई छ । यस्तै कालीगण्डकी , गुल्मीदरबार र छत्रकोट गाउँपालिकाका स्वास्थ्य स्वंयम सेबिकाहरुलाई पनि तालिम प्रदान गर्ने गरि लागेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
स्थानीय स्तरमा आमा र बच्चाको बारेमा स्वास्थ्य सम्बन्धी ज्ञान ,प्राथमिक स्वास्थ्य प्रदान र पोषण सम्बन्धी तालिममा सिकाइएको स्वास्थ्य कार्यालय गुल्मीका फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

SHARE