गुल्मीमा जिल्ला स्तरीय वन डढेलो नियन्त्रण तथा सञ्जाल निर्माण बैठक

0
680

सूर्य सुनार
चैत्र २० ,२०७७ गुल्मी : जिल्ला स्तरीय वन डढेलो नियन्त्रण तथा सञ्जाल निर्माण बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकमा बैठक बसेको थियो । जिल्लाको सदरमुकाम तम्घासमा जिल्लाका स्थानीय सरकारका प्रमुख तथा सुरक्षा निकायको उपस्थितमा सम्पन्न भएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।
जिल्लामा मात्र नभई मुलुकका विभिन्न क्षेत्रमा आगलागि भइरहेको समयमा जिल्ला डिभिजन वन कार्यालय गुल्मीले आगलागि नियन्त्रण सम्बन्धी न्यूनीकरण गर्न कार्यक्रम आयोजना गरिएको रेसुङ्गा नगर ,मुसिकोट मुसिकोट सब डिभिजन कार्यालयका रेज्जर बावुराम न्यौपानेले बताए । स्थानीय सरकारका प्रमुखहरुलाई स्थानीय सरकारले आगलागि नियन्त्रण सम्बन्धी आगमी रणनीति के कस्तो बनाउने भन्ने विषयमा छलफल गरिएको उनले बताए ।
वन क्षेत्रमा आगलागि गर्ने कुनै पनि व्यक्तिलाई आवश्यक कारबाही गरिने भएको छ । जिल्लामा आगलागि नियन्त्रणका लागि डिभिजन वन कार्यालय गुल्मीले सचेतना कार्यक्रम पनि संचालन गरिरहेको छ ।

SHARE