गुल्मीमा खोलामा नुहाउन गएकी संगिताको जलेर मृत्यु

0
500

चैत २०,२०७७ गुल्मी : गुल्मीमा घरबाट नुहाउन गएकी ९ बर्षकी संगिता परियारको जगंलमा लागेको आगलागीका कारण जलेर मृत्य भएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लाकी परियार घरनजिकैको खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बले सल्ला सामुदायिक बनमा लागेको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE