अबैध गाँजाका बोट फडानी गरि नष्ट

0
384

तिलाचन पाण्डे
कात्तिक ९ , २०७६ गुल्मी ः जिल्ला प्रहरी कार्यलय गुल्मीले अबैध रुपमा रहेका चार सय गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नं ९ का बिभिन्न स्थानहरुबाट अबैधरुपमा रहेको चार सय गाँजाको बोटहरुलाई फडानी गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक चुडामणी पुनको कमाण्डमा १४ जनाको टोलीले शनिबार बिहान गाँजा फडानी गरि स्थानीयहरुको रोहबरमा नष्ट गरिएको प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले जानकारी दिए । खडकाका अनुसार अबैध रुपमा रहेको गाँजाका बोटहरुलाई अभियानकै रुपमा फडानी गरि नष्ट गरिने कार्यक्रम रहेको दाबी गरे । जिल्लाका बिभिन्न स्थानीय तहहरुमा कुन कुन ठाउँहरुमा यसरी अबैध रुपमा रहेका गाँजाहरुको पहिले पहिचान गर्ने र फडानी गरि नष्ट गर्नका लागि मातहतका चौकीहरुलाई निर्देशन दिइसकेको खडकाले दाबी गरे ।

 

SHARE