रुरुक्षेत्रमा बिपद प्रतिकार्य तालिम

0
330

हुमाकान्त पोखरेल
२०,२०७७ गुल्मी : बिपदबाट बच्नको लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा बिपद प्रतिकार्य तालिम संचालन गरिएको छ ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा गाउँपालिकाको संयोजनमा बिहीबारदेखि तालिम संचालन गरिएको हो । तालिम तीन दिनसम्म चल्नेछ । बाढी, पहिरो, आगलागि, सडक दुर्घटना लगायतका विपत्बाट बच्ने र घटना घट्न नदिने तरिका तालिम अवधिभर सिकाइने छ ।
त्यसैगरि दुर्घटना वा बिपदबाट भएका घाइतेहरुको उद्धार र प्राथमिक उपचारको सिप पनि प्रदान गरिने प्रदेश आपतकालिन कार्यसंचालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए । तालिममा रुरुक्षेत्र गाउँपालिकाका विपत् प्रतिकार्यमा लाग्ने स्वयम्सेवकमध्ये प्रत्येक वडाबाट तीन÷तीन जना, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायत गरी कुल २८ जनाको सहभागिता रहेको छ ।
तालिममा नेपाल प्रहरी बिपद व्यवस्थापन महाशाखा काठमाडौका प्रहरी सहायक निरिक्षक शुशिल गौतम, शशसत्र प्रहरी बल, प्रहरी निरिक्षक विवेक नेपाल र सुचना व्यवस्थापन अधिकृत दाहालले प्रशिक्षकको भुमिका निर्वाह गरेको प्रदेश सुचना केन्द्रका सुचना सहायक भरत चन्दले जानकारी दिए ।

SHARE