
चैत १९
गोविन्द कंडेल,
गुल्मी : मुसिकोट नगरपालिका गुल्मीले आर्थिक वर्ष २०७७र७८ अन्तर्गत दोस्रो चौमासिक अवधि सम्मको समिक्षा गोष्ठी सम्पन्न गरेको छ । नगरपालिकाले वडा नं। ५ को आपचौर प्राबिधिक शिक्षालयको सभाहलमा आइतबार एक भव्य कार्यक्रमका विच यस वर्ष हाल सम्म भएका प्रगती र पुरा हुन नसकेका बाँकी कार्यहरूको विषयमा समिक्षा गोष्ठी सप्पन्न गरेको हो ।


मुसिकोट नगरपालिकाको यस आ।व।मा बिनियोजित वजेट, संघिय सरकार र प्रदेश सरका मार्फत विभिन्न शिर्षकहरूमा विनियोजित वजेटको माध्यमबाट भए गरेका भॏतिक तथा वित्तिय प्रगतिको दोस्रो चौमासिक फागुन मसान्त सम्मका कार्यहरूको बारेमा समीक्षा गरिएको थियो।
समीक्षा कार्यक्रमले वाँकी रहेका काम आगामी तेस्रो चौमासिक भित्र सम्पन्न गर्नका लागि के कसरी अगाढी वढ्ने भन्ने विषयमा महत्वपुर्ण मार्ग दर्शन प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले सेरोफेरो नेपाललाइ वताउनु भयो।

समिक्षा गोष्ठीमा मुसिकोट नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरुले आफ्नो शाखाको वित्तिय प्रगति विवरण पेश गरेका थिए ।
जसमा कृषि शाखाबाट नि. प्रमुख टोप बहादुर वलि,पशु सेवा शाखा प्रमुख महेन्द्रराज पन्थी, स्वास्थ्य शाखा प्रमुख डि।वि। जि।सी।, प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेले आ(आफ्नो शाखाको प्रतिवेदन पेश गर्नु भएको थियो भने समग्र नगरपालिकाको हालो अवस्था र प्रगतिका वारेमा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो उहाँले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा भौतिक प्रगती धेरै देखियता पनि यस वर्षको हाल सम्मको वित्तिय प्रगति ४० प्रतिशत मात्रै देखिएको छ, विभिन्न योजनाहरू सञ्चालनको क्रममा रहेको, केही योजनाहरू सम्पन्न भइ भुक्तानिको प्रक्रियामा रहेकोले वित्तिय प्रगति कम देखिएको भुसालले वताउनु भयो ।
समिक्षा गोष्ठीमा वोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले दोस्रो चौमासिक समापन सम्म नगरपालिकाको भैतिक तथा वित्तिय प्रगति संतोषजनक रुपमा रहेको र अबको तेस्रो चौमासिक यसले थप उचाइ लिने विश्वास व्यक्त गर्नु भयो । यसका लागि सवै पक्षको सहयोगको खाँचो रहेकोले साथ दिन सवैलाइ आह्वान गर्नुभयो एक अर्को प्रसँगमा वोल्दै सापकोटाले मुसिकोट नगरपालिकाको गुल्मीमा नगरपलिकाको विशेष पहिचान रहेको र अन्य पालिकाहरू भन्दा कमजोर नरहेकोले यसलाइ जोगाउँदै अगाडी वढ्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा छलफलको क्रममा आफ्ना जिझास सुझाव तथा कार्यान्वयनमा रहेका कार्यहरुको बारेमा वडा अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्री,वडा अध्यक्ष प्रकाश काफ्ले, वडा सदस्य दल वहादुर थापा , नेपाल रेडक्रस सोसाइटी वामी उपशाखा सभापति ज्ञानहरि सापकोटा, श्री पृथ्वी मा.वि.विद्यालय व्बस्थापन समिति अध्यक्ष तथा समाजसेबी खुम बहादुर थापा,डिल्लिराज अर्याल लगायतले आफ्नो धाराणा राख्नु भएको थियो ।
नगर प्रमुख सोमनाथ सापकोटाको अध्यक्षाता, उप प्रमुख कमला शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका सम्पुर्ण वडा अध्यक्षहरू,कार्यपालिका सदस्य तथा वडा सदस्य सदस्यहरू सम्पुर्ण कर्मचारी, साझेदार संस्थाका प्रतिनिधि, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि, उपभोक्ता समितीका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमो सञ्चाल योजना शाखा प्रमुख मुना ज्ञवालीको गर्नु भएको थियो ।