पार्टीलाई ०७५ जेठ ३ अघिको अवस्थामा फर्काउन एमाले (माधव पक्ष) गुल्मीको आग्रह

0
428

हुमाकान्त पोखरेल,
चैत १८,२०७७ गुल्मी : नेकपा एमाले गुल्मीले पार्टीलाई २०७५ जेठ ३ कै अवस्थामा फर्काउन आग्रह गरेको छ ।
बुधबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको हो । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पहिलेकै अवस्थामा फर्किएकोले नेकपा एमालेका ०७५ जेठ ३ अगाडिका आधिकारिक कमिटीको बैठक आयोजना गरि पार्टी कामलाई अगाडि बढाउन आग्रह गरिएको एमाले गुल्मीका सचिवालय सदस्य हिरा एसीले बताए ।
नेपालको बाम आन्दोलनलाई एकीकृत गरि समाजवादको यात्रा सुनिश्चित गर्नुपर्नेमा विभाजित हुनुले परिवर्तनको यात्रालाई थप जटिल बनाएको एमाले गुल्मी (माधव पक्ष) ले जनाएको छ । साथै पार्टी अध्यक्ष केपी ओलीबाट गरिएका स्वेच्छाचारी र विधानविपरितका कदम रोक्न र कार्यक्रताको भावनाअनुरूप पार्टी संचालन गर्न माग गरिएको छ ।
गुल्मी जिल्लाको सन्दर्भमा पार्टीको जिल्ला कमिटीको बैठक बस्नुपर्नेमा कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्तले गुटगत क्रियाकलाप मात्रै अगाडि बढाएको पार्टी सचिव सोमनाथ सापकोटाले आरोप लगाए । पार्टी हित विरोधी क्रियाकलाप रोकि सकेसम्म छिटो बैठकको आयोजना गर्न पनि माधव पक्षको नेकपा एमाले गुल्मीले जनाएको छ । एमाले (केपी )पक्षले पार्टी सचिव सापकोटालाई हटाएर माओवादी केन्द्रबाट गएका धर्म विकलाई जिल्ला सचिवको जिम्मेवारी दिएको थियो ।

SHARE