दाङमा यातायात सेवा ठप्प

0
444

चैत १७,२०७७दाङ : यातायात मजदुरहरुको बन्दका कारण दाङमा बिहानैदेखि यातायात सेवा ठप्प छ। दाङबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन्।

कोरोना माहामारीका कारण लामो समयसम्म समस्यामा परेका यातायात मजदुरहरु पछिल्लो समय यातायात व्यवसायीहरुको अस्वस्थ्य प्रतिष्प्रर्धाका कारण झनै समस्यामा परेकाले आन्दोलित हुनुपरेको यातायात मजदुर संगठनका जिल्ला अध्यक्ष केशबबहादुर भण्डारीले बताए। तीनवटै मजदुर संघरसंगठनहरुले आफ्ना माग कार्यान्वयनका लागि सम्बन्धित यातायात कम्पनीका पदाधिकारीसँग बारम्बार छलफल र वार्ता गरे पनि सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको उनीहरुको भनाइ छ। पहिलो चरणमा दाङभित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पूरा नभए सम्पूर्ण यातायात क्षेत्र बन्द गर्ने उनीहरुको चेतावनी छ।

SHARE