गुल्मीमा ५३० रोपनी जग्गामा गरा सुधार अर्थात चक्लाबन्दी खेती

0
1282
फाइल फोटो

तिलाचन पाण्डे
चैत १७,२०७७ गुल्मी : गुल्मीमा ५३० रोपनी जग्गामा चक्लाबन्दी खेती गर्न लागिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीले जिल्लाका पाँच स्थानीय तहका ५३० रोपनी जग्गामा चक्लाबन्दी अर्थात गरा सुधार कार्यक्रम गर्न लागेको कार्यालयका प्रमुख नारायण काफलेले जानकारी दिए ।
इश्मा गाउँपालिकाको गुरुवाफाँटमा ७८ रोपनी ,मालिका गाउँपालिकाको किसानटारीमा ११२ रोपनी ,धुर्कोट गाउँपालिकाको कुमालटारीमा १३० रोपनी , गुल्मीदरबार गाउँपालिकाको गरमटारीमा ११० रोपनी र छत्रकोट गाउँपालिकाको हर्दिनेटामा १०० रोपनी जग्गामा चक्लाबन्दी खेती गर्न लागिएको काफलेले बताए ।
कृषि यन्त्रहरुको प्रयोग गरी आधुनिक तरिकाबाट एउटै जात , एउटै वाली र एकैपटक वाली लगाउने गरी कार्यक्रम अगाडी बढाइएको हो । यसरी चक्लाबन्दी रुपमा खेती गर्दा उत्पादनमा बृद्धि हुने ,लागत कम र स्थानीय स्तरमानै रोजगारी सृजना गर्न सकिने कार्यालयले जनाएको छ ।
बिस्तारै सोही स्थानहरुलाई प्रशोधन केन्द्रको रुपमा पनि बिकास गर्दै लगिने काफलेले बताउनुभयो । कार्यालय र स्थानीय तहको सहकार्यमा चक्लाबन्दी कार्यक्रम गर्न लागिएको हो । कार्यालयको तर्फबाट पाँच स्थानीय तहका लागि १० लाखको दरले ५० लाख आर्थिक सहयोगमा गाउँपालिका र उपभोक्ताहरुको सहकार्यमा चक्लाबन्दी खेती हुनेछ ।
चक्लान्दी खेतीमार्फत खेती गर्दा कम लागत र धेरै उत्पादन गर्न सकिने इश्मा गाउँपालिका गुरुवा फाँटका कृषक शेरबहादुर कुँवरले बताए । पहिले स्थानीयहरुलाई सम्झाउन र बुझाउन समस्या भएपनि पछि यसको महत्व र फाइदा धेरै हुने उनको भनाई छ । प्रत्येक गराहरुमा सिंचाइको सुबिधा , मिनिटिलर र ट्याक्टरहरु जान सकिने गरी गरा सुधार गरिएको कुँवरले बताए ।

सोही गरा सुधार अर्थात चक्लाबन्दी कार्यक्रमको समन्वय प्रमुख लक्ष्मण पराजुली , प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्मालगायतले अनुगमन समेत गरे ।

SHARE