गुल्मीमा पनि मानव अधिकार तथा शान्ति समाज गठन

0
820

गुल्मी, चैत १७,२०७७ : गुल्मी जिल्ला पनि मानव अधिकार तथा शान्ति समाज गठन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति कृष्णबहादुर रावलको उपस्थितिमा सोमबार जिल्लाको सदरमुकाम तम्घासमा भएको भेलाले जिल्ला कार्य समितिको गठन गरेको हो ।

भेलाले ढुण्डीराज पोखरेलको सभापतित्वमा १५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ । जसको उपसभापतिमा डोरविक्रम श्रीस, सचीव गणेशबहादुर अधिकारी, सहसचिव बालसिंह खत्री र कोषाध्यक्षमा शान्ति नेपाली रहेका छन् ।

सदस्यहरुमा गुणानिधि शर्मा, विनोद पाण्डे, लक्ष्मी अर्याल, थम्मन बहादुर केसी, रमेश विश्वकर्मा, दिलिप कुमार थापा, विजय शर्मा, निर्मला अर्याल, शारदा भलामी र विपना थापा रहेका छन् । समितिले मंगलबार केन्द्रीय उपसभापति रावलको उपस्थितिमा सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई मानव अधिकार तथा लागु औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम गरेको थियो ।

त्यस्तै समितिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईसंग भेटघाट गरेको छ । भेटघाट कार्यक्रममा संस्थागत परिचयात्मक कार्यक्रम गरेको थियो । मानवअधिकारका विषयमा यस संस्थाले बोल्दै आएको छ केन्द्रीय उपसभापति रावल भने, यस संस्थाले सबैसंग समन्वय गरेर आफ्ना कार्यक्रमहरु अगाडी बढाउने छ । प्रमुख जिल्ला अधिकारी शर्माले हरेक क्रियाकलापमा सहजीकरण गर्ने बताइन् । उनले संस्थाले कार्य क्षेत्र अनुसारको जिल्लामा देखीने कार्य गर्न आग्रह गरिन् ।

SHARE