मोटरसाइकलमा सवार दुईजना घाइते

0
329

चैत १७,२०७७ दाङ : तुलसीपुर उपमहानगरपालिकामा रुखको हाँगाले लागेर दुईजना गम्भीर घाइते भएका छन्। घोराही–तुलसीपुर सडकखण्डको तुलसीपुर(७ पर्सेनीमा मोटरसाइकलमा सवार दुईजनालाई रुखबाट खसेको हाँगाले लागेको हो।

हाँगोले लागेर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प १८२२ नम्बरको मोटरसाइकलमा सवार घोराही(१५ का ३४ वर्षीय विशाल भट् चन्द र २४ वर्षीया माया थापा गम्भीर घाइते भएका छन्। उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सडक निर्माणको क्रममा सडकमाथि आएका पिपलको हाँगा काटिररहेको समयमा हाँगा झर्दा मोटरसाइकलमा सवार उनीहरुलाई लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए।

SHARE