धुर्कोटमा ३५ हजार राशिको भलिबल खेल हुदैँ

0
34

हुमाकान्त पोखरेल, गुल्मी

१७ चैत : गुल्मीको धुर्कोट गाउँपालिकामा ३५ हजार राशिको भलिबल प्रतियोगिता हुने भएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ रजस्थलमा रहेको इन्दिरा युवा क्लवको ११ औँ बार्षिकोत्सवको आयोजना तथा धुर्कोट गाउँपालिकाको प्रवद्र्धनमा भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा दोस्रो हुनेलाई २५ र तेस्रो हुनेलाई १० हजार प्रदान गरिने क्लवका सचिव कृष्ण केसीले जानकारी दिए ।
प्रथम, द्धितिय र तृतिय हुनेलाई कप, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने केसीले जानकारी दिए । प्रतियोगितालाई ‘शहिद शमशेर बहादुर खत्री स्मृती कप’ नाम दिइएको छ । खेलमा गुल्मी जिल्लाबाट मात्रै सहभागिता जनाउन सकिने केसीले बताए । क्लवले बार्षिकोत्सवको अवसरमा माध्यमिक विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता, स्लो बाइक रेस, खुल्ला नृत्य प्रतियोगिता, रस्साकस्सि प्रतियोगिता तथा महिलाहको लागि चम्चा दौड प्रतियोगिता संचालन गरिने क्लवले जनाएको छ ।
चैतको २६, २७ र २८ गते संचालन हुने कार्यक्रममा अन्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद र सम्मान पत्र प्रदान गरिने क्लवले जनाएको छ ।

SHARE