गुल्मीमा राष्ट्रपति रडिङ्ग शिल्ड प्रतियोगिता स्थगित

0
394

सूर्य सुनार
चैत्र १६ गुल्मी :गुल्मीमा यही चैत्र २० गते देखी २२ गते सम्म हुने गरी आयोजना गरिएको राष्ट्रपति रडिङ्ग शिल्ड प्रतियोगिता अर्को सुचना नआए सम्मको लागि स्थगित गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीको निर्देशन अनुसार ११ औँ जिल्ला स्तरिय राष्ट्रपति रडिङ्ग शिल्ड प्रतियोगिता स्थगित गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लाको सदरमुकाम तम्घासमा हुने गरी आयोजना गरिएको ११ औँ राष्ट्रपति रडिङ्ग शिल्ड प्रतियोगिता कोरोना भाइरसको कोभिड १९ को संक्रमणको त्रास बढेको हुदाँ अर्को सुचना नआए सम्म स्थगित गरिएको जिल्ला खेलकुद विकास कार्यालय गुल्मीका प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय सरकारलाई खेलकुद कार्यक्रम आर्को सुचना नआए सम्मको लागि स्थगित गरिएको जिल्ला खेलकुद विकास कार्यालय गुल्मीका प्रमुख डिल्ली विश्वकर्माले बताए । जिल्लामा राष्ट्रपति रडिङ्ग शिल्ड प्रतियोगिताको लागि जिल्लाका विभिन्न विद्यालयहरुले अभ्यास गराइरहेको समयमा कोरोना भाइरसको द्रोस्रो लहर सुरु भए संगै जिल्ला प्रशासन कार्यालय र जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला कुनै पनि भेला हुने कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

SHARE