चैत १५,२०७७ दाङ : दाङमा प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का ३५ वर्षीय मधु शर्मा र २७ वर्षीय भीम घर्ती छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार घोराही उपमहानगरपालिका–१२ चम्पाखेल भलानेरी सृजना सामुदायिक वनमा शिकार खेल्ने क्रममा ५१ वर्षीय टेक बहादुर गुरुङको मृत्यु भएको घटनामा संलग्न दुई जनालाई बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।