गुल्मीमा आगलागीका घटना बढे, कालीगण्डकीमा मात्रै सात घरगोठ जलेर नष्ट

0
423

तिलाचन पाण्डे
चैत १४,२०७७ गुल्मी : गुल्मीको कालीगण्डकी गाउँपालिकामा आगलागी हुँदा चार घर र तीन गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । जसका कारण ३७ लाख बराबरको क्षती भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
स्थानीय जीतबहादुर सुनारको खरले छाएको घर र गोठमा अगालागी हुँदा १० लाख , उर्मिला सुनारको घर गोठ र नगद ४५ हजार सहित १२ लाख ,तुलबहादुर सुनारको घरमा पाँच लाख ,सुर्यबहादुर सुनारको घरमा पाँच लाख र चन्द्रबहादुर सुनारको गोठ जल्दा पाँच लाख रुपियाँ क्षती भएको हो । उर्मिला सुनारको घरबाट आगो सल्किदा अन्य घर र गोठमा पुर्ण रुपमा क्षती भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जानकारी दिइन् ।
यस्तै जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर पाँचमा मान्छे नबस्ने जीर्ण ६ वटा घर र एक गोठमा आगलागी भएको छ ।
स्थानीय जंगलबाट आएको आगो मान्छे नबस्ने खरले छाएका जीर्ण छ वटा घरहरुमा र एक गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीय अनबहादुर सार्की , दिलबहादुर बिक ,बलबहादुर कामी ,बेदबहादुर सार्की ,देवाने दमाई , केशर भट्टराईको घर र पदमपाणी परियारको गोठ जलेर नष्ट भएको हो ।
यस्तै मालिका गाउँपालिकाको नेतामा पनि आगागीका कारण दुई घर गोठ जलेर नष्ट भएको छ । क्षतीको विवरण भने आउँन बाँकी छ ।

राहत लिएर घटना स्थलमा प्रमुख जिल्ला अधिकारी
यता आगलागी भएका स्थानमा गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्मा बिहीवार राहत लिएर कालीगण्डकी पुगेकी छिन् ।
उनी सहित सुरक्षा निकायको टोली घटना स्थलमै गई मुचुल्का तयार पारी राहत समेत बितरण गरेको छ । आगोलागी पीडितलाई लत्ता कपडा , खाद्यन्न सहित नगद पनि जिल्ला बिपद ब्यबस्थापन समितिको तर्फबाट प्रदान गरिएको हो ।
राहत वितरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले दुःखमा नआत्तिन आग्रह गर्दै आँफूहरु र राज्य सधै साथमा रहेको बताइन् ।
यस्तै त्यहाँका स्थानीयहरुले घटनामा प्रमुख जिल्ला अधिकारी आँफै आएको पहिलो पल्ट भएको भन्दै राज्य साथमै रहेको अनुभुती भएको बताएका छन् ।
आगलागीबाट बच्नका लागि सचेत रहन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ । यदि कही कतै आगलागी भए त्यसलाई नियन्त्रण गर्नका लागि स्थानीय लाग्न र तुरुन्त प्रहरीलाई खबर गर्न समेत प्रशासनले आग्रह गरेको छ ।
यस्तै रेडक्रस फोक्सिङ उपशाखाले पनि राहतका सामग्री प्रदान गरेको छ भने गाउँपालिकाले पनि तत्कालका लागि राहत प्रदान गरेको छ ।
गाउँपालिकाले जस्तापाता दिने
यता कालीगण्डकी गाउँपालिकाले आगलागी पीडितको घर निर्माणका लागि जस्तापाता उपलब्ध गराउने भएको छ । गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले पीडितहरुको घर निर्माणका लागि जस्तापाता सहयोग गर्ने र अन्य सहयोग कार्यपालिकाको बैठकबाट पारित गरी गर्ने जानकारी दिइन् । पीडितहरुको साथमा गाउँपालिका संगै रहेको भन्दै नआत्तिन समेत थापाले आग्रह गरिन् ।
भएकोटमा आगलागीबाट जलेर नष्ट भएका घरगोठको र प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिले राहत प्रदान गर्दै गर्दाका केही तस्बिर : तिलाचन पाण्डे

SHARE