पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

0
265

चैत १३,२०७७ काठमाडौं :नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। शुक्रबार राति साढे ८ बजे जोशीको निधन भएको उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए।

५७ वर्षीय जोशीलाई ठिक एक महिना पहिले फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। सोही अस्पतालमा उनको उपचारका क्रममा ज्यान गएको हो।

SHARE