रेसुङ्गा नगरपालिकाद्धारा किशोरीहरुलाई आत्म रक्षा तालिम

0
496

सूर्य सुनार
चैत १३ ,२०७७ गुल्मी : जिल्लाको रेसुङ्गा नगरपालिकाले किशोरीहरुलाई आत्म रक्षा तालिम प्रदान गरेको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको हो । पछिल्लो समय किशोरीहरु असुरक्षित भएको समयमा उनीहरुले आफ्नो शरीरको आफै आत्म रक्षा गर्न सकुन भन्ने उदेश्यले तालिमको आयोजना गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख कल्पना पाण्डेले खबरमार्केटलाई जानकारी दिइन् ।

किशोरीहरुलाई आत्मरक्षा तालिम दिने पहिलो स्थानीय तह भएको दाबी
रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले कार्यक्रमको उद्धघाटन गदै महिला तथा किशोरीहरुका लागि तालिमले आत्मरक्षा गर्न सहयोग पुग्ने बताइन् । जिल्लामै पहिलो पटक किशोरीहरुलाई तालिम प्रदान गरिएको दावी गरिन् ।
नगरपालिकाले आग्रमी दिनमा महिलाहरुका लागि यस्ता कार्यक्रम संचालन गर्ने बताइन् । शारीक र मानसिक रुपमा कसैले आक्रमण गर्ने खोजेमा महिलाहरु अब डराएर बस्नु पर्ने बाध्यता अत्य हुने उनको भनाई थियो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हरिप्रसाद खनालले ३ दिनको तालिमलाई अवसरको रुपमा लिइएर सिक्न आग्रह गरे । आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथिहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्ने उनको भनाई थियो ।
कार्यपालिका सदस्य लक्ष्मी पाण्डे र देवी कुवँरले महिलाहरु असुरक्षित भएको समयमा यस्ता कार्यक्रमले आत्म रक्षा गर्ने सहयोग हुने बताइन् । आफूले तालिममा सिकेका कुरालाई स्कुलका अन्य साथिलाई सिकाउन उनले आग्रह गरिन् ।
किशोरी आत्म रक्षा कार्यक्रममा १४ वटा वडाका माध्यामिक विद्यालयबाट सहभागि रहेका छन् । तालिममा ७२ जना किशोरीको सहभागिता रहेको छ् ।
अधिकृत शेरबहादुर कुवरको स्वागत मन्तव्यसगै सुरु भएको कार्यक्रमको सन्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख कल्पना पाण्डेले गरेकी थिइन् ।

SHARE