गुल्मीमा स्थानीय खानेपानी, सरसफाई तथा स्वाच्छता योजनाका जिल्ला स्तरीय कार्यशाला गोष्ठी सम्पन्न

0
337

सूर्य सुनार
चैत्र १२ ,२०७७ गुल्मी :मोवाइल एप्लिकेशन मार्फत तथ्याङ्क संकलन गरी स्थानीय खानेपानी, सरसफाई तथा स्वाच्छता योजनाको जिल्ला स्तरीय कार्यशाला गोष्ठी तम्घासमा सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय बुटवलको आयोजनामा स्थानीय खानेपानी, सरसफाई तथा स्वाच्छता योजनाको जिल्ला स्तरीय कार्यशाला गोष्ठी जिल्ला समन्वयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका स्थानीय तहमा गणक गई त्यहाँको खानेपानीको अवस्था बारे उनीहरुले बुझेर बास्ताविक तथ्याङ्क लिने उद्येश्य रहेको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले कुनै पनि योजना राम्रो बनाउन तथ्याङ्क सही आवश्यक पर्ने बताए । जिल्लामा यस्ता अन्तक्रिया कार्यक्रम सदरमुकाममा मात्र नभई स्थानीय तह सम्म पुयाउन आवश्यक रहेको उल्लेख गरे । जिल्लामा खानेपानीको बास्तविक तथ्याङ्क बुझन गणकको महत्वपूर्ण भूमिका रहने उनको भनाई थियो । गुल्मी जिल्लामा खानेपानीको समस्या रहेकाले यसको अत्य गर्ने गणकको महत्वपूर्ण भूमिका रहने बताए ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य राममल्ल ठकुरीले स्थानीय सरकारले खानेपानीको संरक्षण गर्नुपर्ने बताए । वास कार्यक्रमले जिल्लाको खानेपानीको बारेमा बुझन सहज हुने उनको भनाई थियो । साथै खानेपानी सम्बन्धी विभिध पक्षमा जानकारी गराए ।
खानेपानी सरसफाई डिभिजन कार्यालयका प्रमुख अनोज उपाध्यायले जिल्लाको खानेपानीको अवस्था बारे कार्यक्रममा जानकारी गराए । ९४ प्रतिशतमा आधाभूत खानेपानीको कभरेज गुल्मीमा रहेको उनको दाबी छ। जुन पानीले मानिसको स्वास्थ्यमा कुनै समस्या नभएको बताए । लुम्बिनी प्रदेश सरकारले १ घर १ धारा अवधारण लिइएको विषममा जानकारी गराइएको थियो ।
जिल्लामा खानेपानीको अवस्था बुझन तथा तथ्याङ्क संकलन गर्न १६ जना गणक खटाइएको छ । उनीहरुले जिल्लामा रहेका खानेपानी जस्तै कुवाँ, तलाउ, किनार, मुहानको अवस्था बारे उनीहरुले तथ्याङ्क संकलन गर्ने छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गुल्मीका अध्यक्ष विष्णु पौडेलको सभाध्यक्षता रहेको थियो ।

SHARE