१२ चैत्र
बासुदेब पोखरेल । धुर्कोट गाउँपालिकाले एक वडा एक आयुर्वेद स्वास्थ को माध्याम वाट प्रत्येक वडामा सेवा संचालन गर्ने उदेश्यले हरेक नागरिकलाई सेवाको पहुचमा पुर्याउनका लागी आयुर्वेदिक क्लिनिक संचालनमा ल्याएको धुर्कोट गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेम खनालले जानकारी दिए।
उक्त आयुर्वेद गाउँघर क्लिनिक उद्घाटनमा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले शरिरलाई स्वास्थ राख्नको लागि आयुर्वेदको महत्वपुर्ण भुमिका रहेको हुदा हाम्रो धुर्कोट गाउँपालिका भित्र रहेका २ वटा आयुर्वेद सस्था रहेको र जसमध्ये वडा नं ५ को सस्थाले वाग्ला जैसिथोक र रजस्थलमा क्लिनिक मार्फत सेवा संचालन गर्ने र पिपलधारा आयुर्वेद स्वास्थ केन्द्रले नयाँगाउ र हाडहाडेमा हेर्नेगरि हरेक महिनाको पहिलो हप्ताको बिहिवार नयागाउँ देउरालिवाट सेवा संन्चालन गर्ने साथै सेवालाई थप प्रर्भावकारी बनाउनको लागि नयागाउका नागरिकको महत्वपुर्ण भुमिका रहेको हुदा सेवाग्राहीको माग बढ्यो भने गाउँपालिकाले महिनाको २ दिन सेवा पुर्याउन लागिपर्ने कुरा बताउदै आधारभुत स्वास्थ्य सेवाको जिम्बेवारी स्थानिय सरकारलाई रहेको हुदा गाउँपालिका अभियानका साथ लागेको बताएका छन ।
वडा नं १ का वडा अध्यक्ष कमल थापाको अध्यक्षता गाउँपालिका अध्यक्ष भुपाल पाख्रेलको प्रमुख आथित्थ्यता कार्यपालिका सदस्य कविता वि क,र कमला घर्ती, वडा सदस्य चेतमान कुवर र देव व पाण्डे, धुर्कोट गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेम खनाल कृषि शाखा प्रमुख अन्जलि गौतम, आयुर्वेद गाउँघर क्लिनिम व्यावस्थापन समिति अध्यक्ष चिरन्जिवि पोख्रेल, नेकपा एमाले प्रतिनिधि डिल बहादुर खत्री, नेपालि काग्रेस प्रतिनिधि शेषकान्त पोख्रेल, माओवादि केन्द्र जिल्ला सदस्य महेन्द्र वि सी,आयुर्वेद कार्यालय पिपलधाराका वैद्य दिनेश्वर यादव, सुन्तला जोन जिल्ला अध्यक्ष चन्द्र वि क लगाएतको आतित्थतामा नयाँगाउका समाजसेवि व्याक्तित्वहरु सहितको उपस्थित रहेको कार्यक्रमलाई नयाँगाउ स्वास्थ चौकि प्रमुख भेष बहादुर वि सी को सन्चालन गरेका थिए ।