सामुदायिक वन उपभोक्ता महासंघ गुल्मीको क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न

0
608

सूर्य सुनार
चैत्र ११,२०७७ गुल्मी :गुल्मीमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ गुल्मीले क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रम तम्घासमा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता समितिले जिल्लामा गरिरहेका कामको बारेमा जानकारी गराएका थियो । जिल्ला महासंघ स्थानीय महासंघका पदाधिकारी सदस्यहरुलाई क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रम प्रदान गरिएको हो ।
उल्लेख्य काम गरेका छौ :भण्डारी
कार्यक्रमका प्रमुख अतिथि फेकोफनका केन्द्रिय सचिब ठाकुर भण्डारीले वन क्षेत्रमा महासंघको स्थापना भएपछि धेरै काम गरेको दावी गरे । सरकारले विभिन्न प्रकारका कडा नियम बनाएको थियो हामीले उक्त नियम सरकारसंग सच्याउन माग गरी सरल र सहज नियम बनाउन सफल भएको दाबी गरे । वन सम्बन्धि कानुन निर्माण गर्दा व्यक्ति भन्दा पनि समुदायलाई राम्रो हुने नियम बनाउन आवश्यक रहेको उल्लेख गरे ।
स्थानीय सरकार संग वन सम्बन्धी काम लिएर जान पनि उनले आग्रह गरे । जसले गर्दा वनको संरक्षण तथा वातावरणलाई पनि राम्रो प्रभाव पर्ने उनको भनाई थियो ।
जिल्लाको पहिचान बनाउन आग्रह
जिल्लाका सामुदायिक वनका पदाअधिकारीलाई आफ्नो छुटै पहिचान बनाउन आग्रह गरे । जिल्लामा समयमै महासंघको सदस्यता लिन, नविकरणको काम लाई सुचारु गर्ने र आफ्ना नियमित बैठक संचालन गर्न निर्देशन समेत दिए ।
कार्यक्रमका विशेष अतिथि फेकोफन लुम्बिनी प्रदेशका महासचिब राममल्ल ठकुरीले सामुदायिक वनमा काम गर्दा कसरी गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रमको आयोजना गरिएको बताए । उनले ,सामुदायिक वनको महत्व बारे प्रकाश पारे ।
कार्यक्रमका सभाअध्यक्ष सामुदायिक वन उपभोक्ता महासंघ गुल्मीका अध्यक्ष विष्णु पौडेलले स्थानीय सरकार संग समन्वय गरेर कस्तो प्रकारको वन संरक्षण सम्बन्धी कार्यक्रम लिने भने विषयमा छलफल गरेर बजेटको माग गर्नुपर्ने बताए । राम्रो कार्यक्रम हुदाँ पनि स्थानीय सरकारले ध्यान नदिएमा महासंघको ध्यानआकर्षण हुने उनको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख तुल्सी कुमारी श्रेष्ठ, जिल्ला समन्वय सदस्य उमा चुदारा, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष हिरा कुवँर, तथा पत्रकारको उपस्थित रहेको थियो ।

SHARE