गुल्मीमा आत्मरक्षाको लागी किशोरीहरुलाई तीन महिने तेक्वान्दो प्रशिक्षण

0
462

चैत ११,२०७७ गुल्मी :गुल्मीका किशोरीहरुलाई तीन महिने तेक्वान्दो प्रशिक्षण दिइने भएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना र जिल्ला खेलकुद विकास समिति गुल्मीको सहआयोजनामा बुधबारदेखि तीन महिने तेक्वान्दोको प्रशिक्षण कार्यक्रम सुरु गरिएको जिल्ला खेलकुद विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिए ।

११ देखी १९ वर्ष सम्मका ७५ जना किशोरीलाई सदरमुकाम तम्घासमा तीन महिना तेक्वान्दोको प्रशिक्षण दिइने प्रशिक्षक गिरि प्रसाद महाकिमले जानकारी दिए ।

आत्मरक्षा, छोराछोरी बिचको मानसिक विभेद अन्त्य गर्न तथा खेल क्षेत्रको विकासको लागि तालिमको आयोजना गरिको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका कार्यालय प्रमुख लक्ष्मण प्रसाद ज्ञवालीले बताए

SHARE