रेसुङ्गा नगरपालिका वडा नं १२मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

0
336

सूर्य सुनार
चैत्र ९,२०७७ गुल्मी :गुल्मीको रेसुङ्गा नगरपालिकाले दोस्रो चौमासिक अवधिको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १२ उर्लेनीमा सेवा प्रवाहमा पादर्शिकता, विश्वसनीयता र कर्तव्यनिष्ठता , सार्वजनिक सुनुवाई मार्फत सेवाग्राहीमा हाम्रो प्रतिवद्धता भने नाराका साथ सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले नागरिकहरुका सुझावहरु प्रति समान व्यक्त गरे । नागरिकहरुले राखेका जिज्ञासप्रति नगरप्रमुख भुसालले समस्याको समधानको निम्ती सबैलाई मिलाएर लैजाने बताए । वडामा २० घर जतिमा सडकको पहुच नपुगेको गुनासो प्रति नगरप्रमुख भुसालले छिटै सडकको पहुच पुग्ने प्रतिवद्धता व्यक्त गरे । विकासको निम्ती सबै एक आपसमा मिलेर जानुपर्ने उल्लेख गरेका थिए ।
रेसुङ्गा नगरपालिका उपप्रमुख सीता भण्डारीले नागरिकहरुले राखेका जिज्ञासा प्रति सम्मान व्यक्त गरिन् । राजस्वको विषयमा नगरपालिकाले कुनै करको रकम बढी नबनाएको उल्लेख गरेकी थिइन ।
रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाले गरिरहेका काम प्रति जानकारी गराए । नागरिकका गुनासो प्रति उनले आफ्नो तर्फ बाट हुने समस्याको समाधान गर्ने बताए ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कुलप्रसाद टण्डनले वडामा आफ्नो कुनै राजनितिक दल विशेष नहेरी काम गरिरहेको बताए । काम गर्दा कुनै कमीकजोरी भए अबका दिनमा सच्याएर लैजाने बताए । उनले नागरिकहरुले उठाएका जिज्ञासा प्रति आफुलाई ध्यानआकर्षण भएको बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले विशेष गरी सडकको पहुच केही ठाउँमा नपुगेको, स्वास्थ्य चौकी भवनलाई वडा कार्यालयले ध्यान नदिएको, विकासको काममा राजनिति भएको, कृषिका क्षेत्रमा अनुदानमा आएको रकम वास्तविक वर्गले नपाएको जस्ता गुनासो कार्यक्रममा राखेका थिए ।
सार्वजनिक कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघले गुल्मीले गरेको थियो । कार्यक्रममा नागरिकहरुको उत्साह देखिएको थियो ।

SHARE