५६ औ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस गुल्मीमा पनि मनाइयो

0
391

अनिष पन्थी गुल्मी चैत ८ ,२०७७ :दलित महिला संघ गुल्मीको आयोजनामा ५६ औ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।
जातिवाद विरुद्ध युवाु ुजातीय हिसा र छुवाछूत विरुद्ध हामीु भन्ने मुल नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको छ।दलित साझा मन्च गुल्मीका अध्यक्ष एवं सहि कार्यक्रमका प्रमुख अतिथी गणेश बिश्वकर्माले दलितको बर्तमान अबस्थाको बारेमा जानकारी गराए।
समाजका हरेक गतिविधिमा दलित महिलाको सहभागीता हुन जरुरी भएको कुरा उल्लेख गरे।जातीय उतपिडिनका घटनाहरुको न्यूनीकरणको लागि सधै लाग्नुपर्ने र पेसा व्यबसाय र आर्थिक रुपमा पनि सबल हुनुपर्ने अध्यक्ष बिश्वकर्माले बताए।
धर्म अनुसार मान्छे एउटै भएको र केही देशमा विभेद पहिलैदेखी हुने गरेको र मल्ल राजाको पालाबाट नेपालमा पनि जातप्रती विभेद हुने गरेको दलित साझा मन्चका उपाध्यक्ष रोम बिश्वकर्माले बताए। सस्कारमा नमेटिनी छाप बनेर बसेको कारणले आज दलित हेपिन परेको उपाध्यक्ष बिश्वकर्माले बताए।
सोच परिबर्तन नहुदा सम्म समाज परिबर्तन नहुने उनले बताए। नेपालको राजनीति आन्दोलन भन्दा दलित आन्दोलन पहिलेदेखि भए पनि अझै यसले मुक्ति नपाएको दलित अधिकार कर्मी झबिन्द्र सुनारले बताए।जातिप्रतिको बिभेदलाइ राज्यले नै महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने सुनारले बताए।
जातमा परिबर्तनको कुरा गरे पनि अबको दिनमा शब्द पनि परिबर्तन गर्नुपर्ने सुसासन अभियान गुल्मीका सचीव बिनोद पाण्डेले बताए।धर्म भनेको असल आचरण भएको र समाज परिबर्तन हुँदै जादा पहिलाका कुरा सुधार हुँदै आएको पाण्डेले बताए। दलित महिलाहरुले केही गर्न नसकेको कारण खोज्न र पुरुषवादले समाजमा असर पारेको दलित महिला संघ गुल्मीकि अध्यक्ष कमला बरालले बताइन्।
हामिहरु ले केही गर्न नसकेको र अबको दिनमा केही गर्न अघि सर्ने अध्यक्ष बरालले बताइन् । कार्यक्रममा दलित साझा मन्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माको प्रमुख आथित्यता रहेको थियो। दलित अधिकारकर्मी झबिन्द्र सुनार, सुसासन अभियानका सचिव बिनोद पाण्डे, दलित साझा मन्च गुल्मीका उपाध्यक्ष रोम बिश्वकर्मा ,लगाएत विभिन्न वडाका दलित महिला सदस्यहरु लगाएत सम्पुर्ण महिलाहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम समपन्न भएको छ। दलित महिला संघ गुल्मीकि अध्यक्ष कमला बराल को अध्यक्षता र दलित महिला संघ गुल्मीकी सचीव बिष्णु बिश्वकर्माको सन्चालनमा समपन्न भएको छ।

SHARE