बालविवाह रोक्न मालिकामा सडक नाटक

0
963

गिता पाण्डे
चैत ८,२०७७ गल्मी : गुल्मीको मालिका गाउँपालिकाले बाल विवाह रोक्न सडक नाटक प्रस्तुत गरेको छ ।
समाजमा अझै पनि उमेर नपुगी विवाह गर्ने चलन रहदै आएकाले त्यसको अन्त्य गर्नका लागि सडक नाटक गरिएको मालिका गाउँपालिकाले जनाएको छ । पालिकाका ८ वटै वडाहरुमा कलाकारहरु सहितको टोलीले सडक नाटकको माध्यमबाट सचेतना फैलाएको मालिका गाउँपालिकका प्रबक्ता एंव वडा नम्वर छ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
२० बर्ष उमेर नपुगी विवाह गर्दा महिला र पुरुषमा स्वास्थ्यको हिसावले परिपक्वता पनि नआउने भएकाले सडक नाटकको माध्यमबाट समाजमा सचेतना फैलाएको गाउँपालिकाले जनाएको छ ।
सडक नाटकको माध्यमबाट सचेतना फैलाउदा प्रभाबकारी हुने भएकाले यसरी प्रत्येक वडामा अभियान नै संचालन गरेको गाउँपालिकाले जनाएको छ । सडक नाटकको माध्यमबाट उमेर नपुगी विवाह गर्दा हुने कानुनी प्राबधान र समस्याका बारेमा पनि स्थानीय नागरिकहरुलाई सडक नाटकको माध्यमबाट सचेत गराइएको थियो ।
सडक नाटकको माध्यमबाट सचेतना फैलाउनका लागि तत्कालका लागि दुई लाख रुपियाँको बजेटबाट कार्यक्रम गरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।
स सना कार्यक्रमहरु मार्फत सचेतना फैलाउनका लागि सहयोग पुग्ने भएकाले गाउँमा स्थानीयहरुलाई सडक नाटकको माध्यमबाट उमेर नपुगी विवाह गर्ने प्रचलनलाई रोक्न सकिने भएकाले सडक नाटक प्रस्तुत गरिएको भण्डारीले बताए ।
सडक नाटक वडा वडाका बिद्यालयमा गई गरिएको थियो । जहाँ बिद्यार्थी , अभिभाबक, जनप्रतिनिधि र शिक्षकहरुको सहभागिता रहेको थियो ।

SHARE