रोटरी क्लव अफ् पाल्पा तानसेनको गर्भनर भिजिट

0
370

चैत ८,२०७७ पाल्पा : रोटरी क्लव अफ् पाल्पा तानसेनको अफिसिएल गर्भनर भिजिट कार्यक्रम सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष रो. शिवप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका गर्भनर रो. राजिव पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि पोखरेलले क्लवले स्वार्थ भन्दा माथि सेवा भन्ने भावका साथ सामाजिक, शैक्षिक, शिक्षा स्वास्थ्यका क्षेत्रमा काम गरेको बताउनुभयो । उहाँले क्लवमा लागेका सदस्यहरुले स्वार्थभन्दा माथी सेवाको भाव राखेर सामाजिक काममा लाग्नुपर्ने बताए ।

क्लवका गतिविधिहरुमा भएका कामको प्रशंसा गर्दै प्रमुख अतिथि पोखरेलले कोभिडको विचमा पनि क्लवले रचनात्मक काम गरेको भन्दै आगामि दिनमा कमिकमजोरी सुधार गर्दै उत्कृष्ठ क्लवका रुपमा काम गर्न सुझाव समेत दिए । क्लवका सदस्य तथा प्रदेश सभा सदस्य डाक्टर पुरन मान बज्राचार्यले क्लवको सामाजिक कामको प्रशंसा गरे । उनले सामाजिक र क्लवका कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा क्लवका मेम्मरसिप डाइरेक्टर शशि श्रेष्ठ, मुक्तीराम जिसी, यादव सिंह कार्की, क्लव सर्भिस प्रोजेक्ट र रोटरी फाउन्डेशनको रो. अमृत अधिकारी लगायतका डाइरेक्टरहरुले आफ्नो प्रतिवेदन समेत पेश गरेका थिए । यस्तै क्लवका पूर्व अध्यक्ष मधुदयाल संैजुले आफ्नो कार्यकालमा सहयोग गर्ने रोटरीयन र सहयोगीहरुलाई सम्मान गर्दै क्लवले स्थापनाकालदेखि हालसम्म गरेका कामहरुको जानकारी दिदैं पाल्पामा खानेपानी, शौचालय, शिक्षा, स्वास्थ्यका क्षेत्रमा क्लवले काम गरेकोे बताए ।

क्लवका सचिव हरी रायमाझीको संचालनमा भएको कार्यक्रममा रोटरीयन, रोटरीएन एनी, स्पाउज, रोट्याक्ट, इन्ट्याक्ट क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।

क्लव एसेम्बली तथा गर्भनर भिजिट कार्यक्रममा स्वागत क्लवका निर्वाचित अध्यक्ष शैलेन्द्र भट्टराईले सहभागिलाई स्वगत गर्नुभयो । भने पूर्व अध्यक्ष रो. जगन्नाथ अर्यालले धन्यवाद व्यक्त गरे ।

क्लवमा ४० जना सदस्य रहेका छन्, २१ वर्ष अगाडि स्थापना भएको क्लवले पाल्पामा शिक्षा, स्वास्थ्य खानेपानी, सरसफाई, संस्कृतिक विकास लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

कार्यक्रममा पूर्व अध्यक्ष उत्पल कुमार बज्राचार्य, वंकिम चन्द्र खनाल, विरेन्द्रकाजी शाक्य, कृष्ण बहादुर रावल, मोहन प्रसाद श्रेष्ठ, सकुन्तला बज्राचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा इन्ट्याक्ट क्लव अप्m विजु बोर्डिगका विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए ।

SHARE