सबै दलितहरु एकताबद्ध भएर जानुपर्नेमा ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीको जोड

0
474

सूर्य सुनार
चैत ७ ,२०७७ गुल्मी : परियार उत्थान मञ्च मुसिकोट नगरपालिकाको प्रथम नगर सम्मेलन मुसिकोटको वामिटक्सारमा सम्पन्न भएको छ ।
६ गते शुक्रबार देखी संचालन भएको नगर सम्मेलन शनिबार ७ गते समापन भएको संस्थाका सचिब अर्जुन परियारले जानकारी दिए । प्रथम नगर सम्मेलन बाट अध्यक्षमा मुम बहादुर परियार चयन भएका छन् । परियारको अध्यक्षतामा १४ जनाको कार्य समिति निर्माण गरिएको छ । भने ५ जना सल्लाकार समितिकोे समेत गठन गरिएको संस्थाका सचिब अर्जुन परियारले बताए ।
कार्यक्रमका प्रमुख अतिथि ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले दलितहरु सबै एकताबद्ध भएर जानुपर्ने बताए । दलित वर्गहरु आफैमा आत्म निर्भर हुने हो भने उपल्लो वर्ग भने संग झुक्न नपर्ने उहाँको भनाई थियो । त्यसको लागि परिश्रम अनिवार्य गर्नुपर्नेमा जोड दिए । परम्परा सिपलाई अब परियार वर्गले आधुनिक तरिकाले अगाडि बढाउनुपर्ने बताए ।
जब सम्म हामी एक हुदैनौ तब सम्म दलित वर्ग उपल्लो वग भने संग हेपाई प्रवृत्ति रहिरहने बताए । त्यसको लागि सबै दलित एक ढिक्का हुन आवश्यक रहेको उल्लेख गरे । आफ्नो श्रीमतीको नामबाट परियार उत्थान मञ्चको मुसिकोटलाई नगरप्रमुख नेपालीले २ लाख १ हजार अक्षयकोषको स्थापना समेत गरिदिएका छन् ।
परियार उथ्थान मञ्च मुसिकोटका अध्यक्ष मुम बहादुर परियारले कार्यक्रमको बारेका प्रकाश पारेका थिए । अब दलितहरु एकताबद्ध भएर छुवाछुत मुक्त समाज निर्माण गर्न काम गर्ने बताए ।
परियार सेवा समाज गुल्मीका अध्यक्षले दलितले बनाएका सामग्री मन्दिरमा चड्ने तर त्यही मान्छे मन्दिर प्रवेश गर्न नपाउनु भनेको पशुको व्यवहार हामी माथि भएको बताए । अब यस्तो कुसंस्कारको अत्य गर्न लागि पर्ने बताए ।
परियार उथ्थान मञ्च मुसिकोटका सचिब अर्जुन परियारले दलित माथि संधै उपल्लो वर्ग भने बाट हेपाइ भोग्नु परेको उल्लेख गरेका थिए । चुनावमा दलितलाई भोटको लागि मात्र नेताले प्रयोग गरेको आरोप लगाए । तर पछि उनीहरुको हक अधिकारको निम्ती कहिल्लै नसोचेको बताएका थिए ।
कार्यक्रममा नगरबासि नागरिक, राजनितिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न कार्यालयका प्रमुख, पत्रकारहरुको उपस्थित रहेको थियो ।

SHARE