रोटरी क्लव रामपुरका सदस्यलाई सम्मान

0
377

सुशीला रेग्मी
चैत ७,२०७७ पाल्पा :रोटरी क्लव रामपुरका सदस्यलाई सम्मान गरिएको छ । रोटरी क्लव बुटवलको १३५६ औं नियमित बैठक तथा रोटरी क्लव अफ रामपुरको बैठकका अवसरमा क्लवमा सदस्यता लिएका ७० जना सदस्यलाई प्रमाण पत्र तथा खादा ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लवका नेपाल–भुटान डिष्ट्रिक गर्भनर राजीव पोखरेलले रमाईलो भेटघाट र सेवा गर्ने भनेर खोलिएको संस्थाले अहिले नितान्त समाज सेवामा लागि परेको बताए । उनले नेपालमा सन् १९५९ मा सुरु गर्दा ३० जनाबाट सुरु भएको रोटरी क्लव अहिले बिस्तार हुदै एक सय ४४ वटा क्लव स्थापना भएको बताए ।
उनले क्लवको संजाल करिव दुई सय बढी देशमा फैलिएको बताउदै शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा संस्थाले काम गरिरहेको र साझेदारीमा काम गर्ने संस्था रहेको बताए ।
रोटरी क्लव रामपुरका अध्यक्ष रोटरीयन राजुप्रसाद श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । अध्यक्ष श्रेष्ठले क्लवको नीति नियममा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गर्दै सपथ ग्रहण गरे ।
लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले यस क्लवले मानवीय तथा सामाजिक सेवाको क्षेत्रमा राम्रो काम गरेको र क्लवले गरेका काम र मागलाई आफुले पनि सरकारलाई घचघच्याउने काममा पहल गर्ने बताए । संस्थाले राम्रो कार्ययोजना बनाएर अघि बढेको खण्डमा स्थानीय सरकार, प्रदेश सरकारको पनि सहयोग मिल्ने प्रदेश सभा सदस्य खनाल बताउछन् ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रोटरी क्लवले रामपुरमा महत्वपूर्ण काम गर्ने अपेक्षा गर्दै रामपुर नगरपालिकाले पनि क्लवसंग सहकार्य गरेर सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने बताए । नगर प्रमुख थापाले मन फुकाएर काम गर्न सकेमा मात्र आत्म सन्तुष्टि मिल्ने उनको भनाई छ ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम चलेको हो । अध्यक्ष श्रेष्ठले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ध्यान दिन स्थानीय सरकार, प्रदेश सरकालाई अनुरोध गर्दै रक्तदान गर्न चाहने कोही छ भने गाउँ गाउँमा नै एम्बुलेन्स परिचालन गरी सङ्कलन गर्ने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा रोटरीयन खिमानन्द भुषाल, रोटरीयन कृष्णप्रसाद अर्याल, रोटरी क्लव रामपुरका सचिव रोटरीयन सूर्यप्रसाद घिमिरे लगायतले क्लवले गरेका कामका सन्दर्भमा जानकारी गराए । रोटरी क्लव बुटवलका प्रोफेसर ताराप्रसाद उपााध्यायले स्वागत संगै कार्यक्रमको संचालन सचिव रोटरीयन रोम शर्माले गरे ।
लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापालाई मानार्थ सदस्यता प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको छ । सामाजिक, मानवीय भावनाका साथ रामपुरमा क्लवको शाखा स्थापना गरी अगाडी बढेको रोटरी क्लव रामपुरका उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउछन् ।

SHARE