
गिता पाण्डे
चैत ६,२०७७ गुल्मी : गुल्मीमा ६५ बर्ष माथिका १८ हजार ४०३ जेष्ठ नागरिकहरुले कोरोना बिरुद्धको खोप लगाएका छन्
१२ वटा स्थानीय तहका ९३ वडामा रहेका स्वास्थ्य चौकीहरुबाट १८ हजार ४०३ जेष्ठ नागरिकहरुलाई खोप प्रदान गरिएकोे स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
जस अनुसार इश्मा गाउँपालिकामा एक हजार ४३९ जना , धुर्कोटमा एक हजार ५९३ , चन्द्रकोटमा एक हजार ३९७ , मालिकामा एक हजार ३५० , सत्यवतीमा एक हजार ७२४ ,मदानेमा एक हजार २६०, कालीगडकीमा एक हजार २८५ , गुल्मीदरबारमा एक हजार ५७० , छत्रकोटमा एक हजार ५७२ र रुरु गाउँपालिकामा एक हजार ३४२ जनाले खोप लगाएका छन् ।
यसै गरी रेसुंगा नगरपालिकामा एक हजार ९४७ र मुसिकोट नगरपालिकामा एक हजार ९२४ जनालाई खोप प्रदान गरिएको स्वस्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यस अघि गुल्मीमा पहिलो चरणमा स्वास्थ्यकर्मी ,सरसफाईकर्मी गरी एक हजार ७४५ जना र दोस्रो चरणमा कर्मचारी जनप्रतिनिधि गरी दूई हजार ४३० जना गरी गुल्मीमा कुल २२ हजार ५७८ जनालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।








