फोर्टिन स्टार कपः महेन्द्र नमूना र अर्जै माध्यमिक बिद्यालय फाइनलमा प्रवेश

0
964

अनिष पन्थी
गुल्मी चैत ६,२०७७ : फोर्टिन् स्टार कप २०७७ को सेमिफाइनलको खेलसम्पन्न भएको छ । आज भएको पहिलो खेल महेन्द्र नमुना माध्यमिक बिद्यालय तम्घास र रिडि माध्यमिक बिद्यालय रिडि गुल्मी बिच भएको थियो ।
जसमा रिडि माध्यमिक बिद्यालयलाई ३(१ ले पराजित गर्दै महेन्द्र नमुना माध्यमिक बिद्यालय फाइनलमा पुगेको छ । यस्तै महेन्द्र नमुना माध्यमिक बिद्यालयका बिद्यार्थी सुजन सुनार पेलेअर अफ द म्याच भएका छन ।यस्तै आजै भएको दोस्रो खेल सिद्धबाबा माध्यमिक बिद्यालय तम्घास गुल्मी र अर्जै माध्यमिक बिद्यालय अर्जै गुल्मी बिच भएको थियो ।
जसमा सिद्धबाबा माध्यमिक बिद्यालयलाई २(१ ले पराजित गर्दै अर्जै माध्यमिक बिद्यालय फाइनलमा पुगेको छ र अर्जै माध्यमिक बिद्यालयका बिद्यार्थी दिपक मुखिया पेलेअर अफ द म्याच भएका छन यस्तै फोर्टिन स्टार कपको फाइनल खेल भने यहि चैत ७ गते शनिवार अथार्त भोलि हुने भएको छ।
भोलि हुने फाइनल खेल महेन्द्र नमुना माध्यमिक बिद्यालय तम्घास र अर्जै माध्यमिक बिधालय अर्जै बिचमा हुने छ।
१२ बजेबाट मन्चको कार्यक्रम सुरु हुने र त्यसपछि लगत्तै फाइनक खेल सन्चालन हुने क्लबका अध्यक्ष बिक्रम बुढाथोकीले जानकारी दिए।

SHARE