गुल्मीमा ट्राफिक नियम पालना नगर्ने पाँच हजार आठसय सवारी कारवाहीमा , दुर्घटनामा परि १७ जनाको मृत्यु

0
705
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

गिता पाण्डे
चैत ५,२०७७ गुल्मी : गुल्मीमा गत साउन देखि फागुन (आठ महिना)सम्मकोे अबधिमा ट्राफिक नियमको पालना नगर्ने पाँच हजार आठ सय सवारी साधन कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्णप्रसाद आचार्यका अनुसार ३८१ वटा ट्रक , १९८ बस ,दूई हजार १५० जिप कार , ३३८ ट्याक्टर, दूई हजार ७३३ मोटरसाइकललाई कारवाही गरिएको जानकारी दिए ।
ट्राफिक नियमको पालना नगर्ने उनीहरुलाई कारवाही गरिएको आचार्यको भनाई छ । यस्तै ट्रक ,टयाक्टरहरुले क्षमता भन्दा बढी समान बोक्ने , जिप कारहरुले क्षमता भन्दा बढी सवारी राख्ने , लाइसेन्स नबोक्ने र गलत स्थानहरुमा पार्किङ गरी राख्ने पाइएको कार्यालयले जनाएको छ ।
यस्तै मोटरसाइकल चालकले लाइसन्स विना चलाउने र कही कतै मदिरा सेवन गरि चलाउने पाइएकाले उनी उनीहरुलाई कारवाही गरि जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
२९ सवारी दुर्घटना , १७ जनाको मृत्यु
यस अबधिमा गुल्मीमा २९ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा परि १७ जनाको मृत्यु भएको ट्राफिक कार्यालयका प्रमुख कृष्णप्रसाद आर्चायले जानकारी दिए ।
असोज महिनामा एक जना बालक ट्याक्टर दुर्घटनामा र एक जना पुरुषको मोटरसाइकलमा परी मृत्यु भएको हो । कार्तिकमा जिप दुर्घटनामा एक जना महिला ,मंसिरमा जिप दुर्घटनामा एक जना महिला र ५ जना पुरुष गरी ६ जना , पुसमा अटो दुर्घटनामा परि ३ जना ,ट्रक दुर्घटनामा एक जना र ट्याक्टर दुर्घटनामा एक जना गरि कुल पाँच जनाको मृत्यु भयो । जसमा एक जना महिला र चार जना पुरुष रहेका छन् ।
फागुन महिनामा जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ जसमा दूई जना महिला र एक पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ ।
दुर्घटना न्यूनिकरण गर्नका लागि कार्यालयले सडक छेउछाउमा होडिङ वोर्ड , ट्राफिक सचेतना ,बिद्यालयमा गई कक्षा संचालन लगायतका कार्यहरु गर्दै आएको ट्राफिक प्रमुख कृष्णप्रसाद आर्चायले जानकारी दिए ।
मुख्य सवारी दुर्घटनाहरु ओभर लोड , क्षमता भन्दा बढी यात्रु राख्ने र ट्राफिक नियमको पालना नगर्दा हुने गरेको पाइएको छ । गुल्मीमा आठ महिनाको समय अबधिमा सवारी कारवाहीमा परि ३७ लाख ९१ हजार राजस्व जम्मा भएको आचार्यले बताए ।
फागुन महिनामा मात्रै पाँच लाख ९५ हजार ५०० सय रुपैयाँ राजस्व जम्मा भएको हो ।

SHARE