गुल्मीमा राहदानी लिने संख्यामा कमी

0
220
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

सूर्य सुनार
चैत्र ४ ,२०७७ गुल्मी : गुल्मीमा आर्थिक वर्ष ०७७÷७८ मा राहदानी लिने संख्यामा कमी आएको छ । राहदानी लिनेको संख्या घटेपछि राजश्व संकलनमा समेत कमी आएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा गत वर्ष भन्दा यो वर्ष राहदानी लिनेहरुको संख्यामा कमी आएको हो । गत आर्थिक वर्षमा ३ हजार २४२ जनाले राहदानी लिएका थिए । यो वर्षमा २ हजार ४६६ जनाले राहदानी लिएका छन् । राहदानीबाट मात्रै आर्थिक बर्ष ०७७÷७८ मा १ करोड २६ लाख ३२ हजार ५ सय राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका साहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
गत आव ०७६÷७७ को तुलनामा आव ०७७÷७८ मा राहदानी लिनेको संख्या र राजश्वमा कमी आएको भण्डारीले बताए । उनले कोभिड–१९ को प्रभावका कारण राहदानी र राजश्व संकलनमा कमी आएको बताए ।
आर्थिक वर्षमा ७ हजार ३४ जनाले नागरिकता लिएका छन् । पुरुष ३ हजार ६६४ जना र महिला ३ हजार ३७० जानले लिएका हुन् ।
राहदानी लिनेहरुको संख्यामा कमी आए पनि स्थानीय सरकारले बेरोजागरी हटाउन सकेको छैन् । विदेश जाने युवाहरुलाई यही रोजगारको वातावरण मिलाउने हो भने राहदानी लिनेको सख्यामा यसै गरी कमी आउने देखिन्छ ।

SHARE