अनिष पन्थी
चैत ३ २०७७ गुल्मीः तेस्रो फोर्टिन स्टार कप २०७७ को फुटबल खेल तम्घासमा सुरु भएको छ ।
गुल्मीको सदरमुकाम तम्घास चिदिचौरमा भएको पहिलो खेल रिडस पब्लिक हाइ स्कुल तम्घास गुल्मी र मालिका माध्यमिक बिधालय घमिर बिच भएको थियो ।
सोही खेलमा मालिका मावी इश्मालाई ४ (१ ले पराजित गर्दै रिडर्स पब्लिक हाइ स्कुल तम्घास ले जित हासिल गरेको छ ।रिडर्स पब्लिक हाइ स्कुलका बिद्यार्थी सुगम बराल पेलेअर अफ द म्याच समेत बनेका छन भने आजै भएको दोस्रो खेल सिद्धबाबा माध्यमिक बिधालय तम्घास र जनजागिर्ती माध्यमिक बिधालय छत्रकोट हुगा बिच भएको थियो त्यसमा ५(० ले पराजित गर्दै सिद्धबाबा माध्यमिक बिधालय तम्घास गुल्मीले जित हासिल गरेको छ ।सिद्धबाबा माध्यमिक बिधालयका बिद्यार्थी भुबन कुवर पेलेर अफ द म्याच बनेका छन।
रेसुङ्गा नगरपालिका का नगरप्रमुख डिलिराज भुसालको प्रमुख आथित्यता रहेको कार्यक्रममा एस पि गोपाल चन्द भटराइ , मेजर डायमन्ड कार्की र रेसुङ्गा नगरपालिका ओडा न १, २र ८ का जनप्रतिनिधि हरुको विशेष आथित्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य क्लब का उपाध्यक्ष सुरज पोखरेल गरेका थिए । क्लब का अध्यक्ष बिक्रम सिह बुढाथोकीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सन्चालन क्लबका महासचिब नारायण आचार्यले गरे ।आज बाट सुरु भएको खेल ७ गतेसम्म चल्ने छ।