रमेश विश्वकर्मा
गुल्मी, चैत २ । इस्मा गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत सगरमाथा साहित्य प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कमिटीको संरक्षक पदमा नियुक्त भएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती -भनभनेलीलाई सगरमाथा साहित्य प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कमिटीको संरक्षक पदमा नियुक्ति गरिएको प्रतिष्ठानका प्रवक्ता राजेशराज गड्तौलाले जानकारी दिए ।
घर्तीलाई संरक्षक पदमा नियुक्ति गर्दै प्रतिष्ठानले बधाई तथा शुभकामना व्यक्त गरेको छ । साथै घर्तीले आगामी दिनमा लुम्बिनी प्रदेश कमिटी भित्र रहेर महत्त्वपूर्ण भूमिका वहन गर्नुहुनेछ भन्नेमा प्रतिष्ठान पूर्ण विश्वस्त रहेको बताइएको छ । घर्तीले लामो समय देखि नै विभिन्न लेख रचनाहरु लेख्दै आउनु भएको छ । उनी चर्चित साहित्यकार एवम् एक कुशल प्रशासक समेत हुन् ।
प्रतिष्ठानले दिएको जिम्मेवारीका लागि सामाजिक संजाल फेसबुक मार्फत आभार प्रकट गर्दै घर्तीले उक्त जिम्मेवारीलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।