परियार उत्थान मञ्च मुसिकोट द्धारा प्रथम नगर सम्मेलन गर्ने कार्यक्रमको उद्धघाटन देवकुमार नेपालीले गर्ने

0
445

सूर्य सुनार
चैत्र २ ,२०७७ गुल्मी :परियार उत्थान मञ्च मुसिकोट नगरपालिकाले यही चैत्र ६ र ७ गते प्रथम नगर सम्मेलनको आयोजना गर्न लागेको छ ।
जातीय भेदभावको अन्त्य सिप र कलाको सम्मान, छुवाछुत मुक्त समाज परियार उत्थान मञ्चको महान अभियान भन्ने नाराका साथ यही चैत्र ६, र ७ गते मुसिकोटको वामिटक्सारमा कार्यक्रमको आयोजना गरिएको परियार उत्थान मञ्चका सचिब अर्जुन परियारले जानकारी दिए ।
मुसिकोट नगरपालिका भित्र बसोबास गर्ने परियार वर्गले आफ्नो सबैधानिक अधिकार कार्यन्वयन गराउनका लागि सिप, कला, संस्कृतिको संरक्षण गर्नका लागि कार्यक्रममा उपस्थित हुन संस्थाले अपिल गरेको छ । साथै सम्मेलनमा न्यायप्रेमी, राष्ट्रप्रेमी, मानव सेवी, समाज सेवी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, तथा विभिन्न कार्यालयका कार्यालय प्रमुखको उपस्थित हुन संस्थाले आग्रह गरेको छ ।
अहिलेको समाजमा आएर पनि भेदभाव जस्ता कुसंस्कारको व्यवहार देखाउनु मौलिक हक अधिकार विरुद्ध व्यवहार भइरहेको परियार उत्थान मञ्च मुसिकोटले जनाएको छ । यस्ता कुसंस्कारलाई अन्य गर्ने संस्थाले कार्यक्रम आयोजना गरेको उल्लेख गरेको छ । समाजमा भेदभाव विरुद्ध अन्त्य गर्ने विभिन्न क्रियाकलापको समेत कार्यक्रम आयोजना गर्ने बताइएको छ । कार्यक्रमको उद्धघाटन ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले गर्ने बताइएको छ ।

SHARE