राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन नमुना माविलाई

0
443

चैत १,२०७७ बर्दिया :ठाकुरबाबा नगरस्तरीय तेस्रो तथा १२ औं राष्ट्रिपति रनिङ शिल्डको उपाधि त्रिभुवन नमुना मावि भुरिगाउँले जितेको छ। ११ स्वर्ण, ५ रजत र एक कास्य पदकसहित रास्ट्रपति तथा नगरस्तरीय तेस्रो रनिङ शिल्डको उपाधि त्रिभुवनले जितेको हो।

१८ स्वर्ण, १८ रजत तथा १८ कास्य पदका लागि भएको प्रतिस्पर्धामा यस्तै दुई स्वर्ण, तीन रजत र एक कास्य पदसहित बर्दिया एजुकेस्नल एकेडेमीले द्धितीय स्थान हात पारेको छ। दुई स्वर्ण, एक रजत र ६ कास्य सहित नेपाल राष्ट्रिय मावि कर्मलाले तृतिय स्थान हात पारेको छ। कर्मला साविक विजेता हो। त्रिभुवन माविले रनिङ शिल्डको पहिलो उपाधि जितेको थियो।

त्रिभुवन नमुना माविकै चारजना खेलाडीहरू छनोट भएका छन्। भलिबलमा त्रिभुवनका मनिका चौधरी र किरण दुव्राकोटी तथा एथ्लेटिक्सतर्फ रेशु थारु र रोसन थारु उत्कृष्ठ खेलाडी छनोट भएको ठाकुरबाबा खेलकुद विकास समितिका सुचना अधिकारी नन्दाराम अधिकारीले जानकारी दिए।

राष्ट्रपति रनिङ्ग शिल्डमा माध्यमिक विद्यालय स्तरीय भलिबल, सय मिटर, दुईसय मिटर, चारसय मिटर र आठसय मिटर दौड र सय गुणा चार रिले सटफुट लङजम्प, जेभलिंक थ्रो गरी ९ इभेन्टमा छात्र छात्रा गरी १८ इभेन्टका लागि खेल खेलाइएको ठाकुरबाबा शिक्षा शाखा अधिकृत सीता भण्डारीले जानकारी दिइन्।

SHARE