गुल्मीमा अबैध भरुवा बन्दुक प्रयोग गरि हत्या गर्ने अभियुक्त सार्बजनिक

0
519

गिता पाण्डे
चैत १,२०७७ गुल्मी : गुल्मीमा गत माघ ३ गते अबैध हतियार प्रयोग गरेर हत्या गर्ने अभियुक्तलाई प्रहरीले आइतबार सार्बजनिक गरेको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१४ निवासी ४७ वर्षका तुलबहादुर बिकलाई हत्या गर्ने गुल्मीदरवार गाउँपालिका वडानम्बर–१ का ३१ वर्षका पोमबहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो ।
अभियुक्त घर्तिले गत माघ ३ गते गुल्मी दरवार गाउँपालिकाको वडानम्बर–१ ओरेवा खोलामा घाँस काट्न गएका बिकलाई भरुवा बन्दुकले हानी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए । हत्या गरि गाउँमै रहेका अभियुक्त घर्तीलाई ५७ दिनपछि प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको हो ।
अभियुक्त घर्तीले हत्या गरि बिभिन्न बाहाना बनाउने र घटनालाई अन्यन्त्र मोडन खोजेको प्रहरीले जनाएको छ । अभियुक्तले हत्या गरेर पहिले नै भन्न खोजेपनि तर आँट नआएकाले भन्न नसकेको प्रहरीले जनाएको छ ।
हत्या गर्ने अभियुक्तले सिकार खेल्ने क्रममा बन्दुक प्रहार गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । अभियुक्त घर्तीको बयानकै आधारमा आइतवार बिहान नै अनकन्टार जंगलमा लुकाइ छिपाई राखेको भरुवा बन्दुक पनि फेला परेको छ ।

SHARE